पाकिस्तानद्वारा साउदी अरबमा आठ हजार सैनिक र लडाकु विमान तैनाथ
काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक परिचालन गरेको छ ।
पाकिस्तानले साउदी अरबमा करिब आठ हजार सैनिक, लडाकु विमानहरूको एक स्क्वाड्रन तथा एउटा हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको रोयटर्सले जनाएको छ ।
तीनजना सरकारी अधिकारी तथा दुई सरकारी स्रोतलाई उद्धृत गर्दै पाकिस्तानले यो सैन्य तैनाथी गत वर्ष साउदी अरबसँग भएको एक सैन्य सम्झौताअन्तर्गत गरेको रोयटर्सले जनाएको हो ।
पाकिस्तानी अधिकारीहरूका अनुसार, साउदी अरबमाथि कुनै आक्रमण भएमा यी सुरक्षाबलहरूले साउदी सेनालाई सहयोग गर्नेछन् ।
हालै अमेरिका–इजरायल र इरानबीचको युद्धका क्रममा साउदी अरबमाथि पनि विभिन्न आक्रमणहरू भएका थिए ।
पाकिस्तानले एकातर्फ उक्त द्वन्द्व रोक्न मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ भने अर्कोतर्फ सम्झौताअन्तर्गत साउदी अरबमा सैन्य तैनाथी पनि गरिसकेको छ ।
पाकिस्तानको सैन्य तथा परराष्ट्र मन्त्रालय र साउदी अरबको सरकारी प्रेस कार्यालयले यस तैनाथीबारे रोयटर्सले गरेको टिप्पणी अनुरोधमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
दुवै देशले यस रक्षा सम्झौताका धेरै पक्षलाई गोप्य राखेका छन् । यद्यपि, दुवै पक्षले कुनै पनि आक्रमणको अवस्थामा पाकिस्तान र साउदी अरब एकअर्काको सुरक्षाका लागि अगाडि आउने स्पष्ट पारिसकेका छन् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रास्वपा प्रदेश अधिवेशन आजदेखि
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
cc
प्रतिक्रिया