सरकारले प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. कुमार आचार्य मनोनीत

सरकारले प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई मनोनीत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा उनी कार्यरत थिए ।

२०४० सालमा अधिवक्ता भएका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए । नेपाल बारको उपाध्यक्ष समेत भइसकेका आचार्यसँग २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा बसेर काम गरेको पनि अनुभव छ ।

उनले २०७४ सालमा लुम्बिनी प्रदेशको कानुन आयोगमा  डेढ वर्ष काम गरेको थिए ।