आजको विचारः तपाईंको मन र खुशी कहाँ छ?
१) मानिसको पहिलो र सबैभन्दा महत्वपूर्ण जिम्मेवारी एउटा खुशमिजाज (आनन्दी) प्राणी बन्नु हो। खुशी हुनु जीवनको सबैभन्दा ठूलो लक्ष्य होइन यो जीवनको आधारभूत पक्ष हो। यदि तपाईं खुशी हुनुहुन्न भने तपाईं आफ्नो जीवनमा के गर्न सक्नुहुन्छ र? जब तपाईं भित्रबाटै खुशी हुनुहुन्छ, तबमात्र जीवनमा अरू ठूलो सम्भावनाहरू खुल्छन्।
२) तपाईं जे गरे पनि वास्तवमा तपाईंले आफ्ना भित्री गुणहरूलाई नै विस्तार दिइरहनुभएको हुन्छ चाहे तपाईंलाई यो मन पर्छ वा पर्दैन। जबसम्म तपाईंको भित्री संसारमा केही महत्वपूर्ण हुँदैन, तबसम्म तपाईं संसारका लागि पनि केही महत्वपूर्ण गर्न सक्नुहुन्न। त्यसैले यदि तपाईं संसारका बारेमा चिन्तित हुनुहुन्छ भने पहिलो काम तपाईंले आफैँलाई एक आनन्दी, खुशमिजाज प्राणीमा रूपान्तरण गर्नु हो।
३) आज बिहान के तपाईंले सूर्य कसरी शुद्द भएर उदायो भन्ने महसुस गर्नुभयो?
फूलहरू फुले, कुनै तारा झरेन, तारामण्डल सुचारु रूपले चलिरहे। सबै कुरा ठीकसँग भयो। पूरै ब्रह्माण्ड अहिले पनि अद्भुत रूपमा काम गरिरहेको छ। तर तपाईंको दिमागमा आएको एउटा सानो नकारात्मक विचारले तपाईंलाई लागिदिन्छः "आज खराब दिन हो।"
४) मानिसले दुःख किन भोग्छ? किनकि धेरै मानिसले जीवनप्रतिको सही दृष्टिकोण गुमाएका छन्। उनीहरूको मनोवैज्ञानिक प्रक्रिया (विचार–भावना) अस्तित्वको वास्तविक प्रक्रियाभन्दा धेरै ठूलो बनेको छ अर्थात् तपाईंले आफ्नै सिर्जनालाई सृष्टिकर्ताको सृष्टिभन्दा बढी महत्वपूर्ण बनाइदिनुभएको छ। यही दु:खको मूल स्रोत हो।
५) हामीले जीवित हुनुको अर्थ नै बिर्सिसकेका छौँ। दिमागमा आएको एउटा विचार वा मनको एउटा भावनाले नै अहिले तपाईंको अनुभवलाई निर्धारण गरिरहेको हुन्छ र धेरैजसो अवस्थामा ती विचार भावनाको तपाईंको वास्तविक जीवनसँग कुनै सम्बन्ध पनि हुँदैन। पूरै सृष्टि ठीकसँग चलिरहेको छ तर एउटा विचार वा भावना तपाईंको अनुभवलाई पुरै नष्ट गरिदिन सक्छ।
६) जसलाई तपाईं ‘मेरो मन’ भनेर चिन्नुहुन्छ, वास्तवमा त्यो तपाईंको आफ्नै मन होइन। वास्तविक अर्थमा तपाईंको आफ्नै भन्ने कुनै मन नै छैन। कृपया यो कुरा गहिराइपूर्वक बुझ्नुस्। तपाईंले मन भनेर बुझेको वस्तु त केवल समाजले थुपारेको एक किसिमको कचरा राख्ने भाँडो मात्र हो।
७) जो कोही मानिस तपाईंको जीवनबाट गुजरिन्छ, उसले तपाईंको दिमागमा केही न केही अवश्य हालेर जान्छ। तपाईंले वास्तवमा यो चयन गर्न सक्नुहुन्न कि कसबाट कुरा ग्रहण गर्ने र कसबाट नगर्ने। यदि तपाईंको मन भन्छ “मलाई यो व्यक्ति मन पर्दैन”। तपाईं त्यही व्यक्तिबाट अरू सबैभन्दा धेरै प्रभावित हुनुहुनेछ।
८) यसबाट बच्ने कुनै उपाय हुँदैन। यदि तपाईंलाई यो “trash can” कस्तो छ र यसलाई कसरी सही तरिकाले प्रयोग गर्ने भन्ने कुरा थाहा भयो भने, यो उपयोगी बन्न सक्छ। तर यो प्रभाव, अनुभव र जानकारीहरूको थुप्रो जो तपाईंले वर्षौँदेखि जम्मा गर्दै आउनुभएको छ यो केवल संसारमा बाँच्ने सीपका लागि उपयोगी छ। तर तपाईं वास्तवमा को हुनुहुन्छ? त्यससँग यसको कुनै सम्बन्ध छैन।
टियन कुँवरबाट साभार
कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छ: कानुनमन्त्री गौतम
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
दिल्लीबाट फर्केर रविले विमानस्थलामा बताएका चार मुख्य बुँदा– नेपाल–भारत सम्बन्ध…
नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
अभिषेक बनर्जीमाथि भएको आक्रमणमा ममता बनर्जीले के भनिन्?
दक्षिण दिल्लीमा पाँच तले भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका
प्रतिक्रिया