जेनजीको नेतृत्वले ७७ जिल्लाबाट आएका प्रतिनिधि मिलेर संयुक्त दस्तावेज बनाउने
जेनजीको नेतृत्वले ७७ जिल्लाबाट आएका प्रतिनिधि मिलेर संयुक्त दस्तावेज बनाउने बताएका छन्। रक्षा बमले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन-जेड प्रदर्शनकारीका प्रतिनिधि मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी सबै एकै ठाउँमा आएर आफ्नो माग राख्नेछौँ, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित आर्मी प्रमुखसमक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ।’
उहाँले संयुक्त मागसहित उपस्थित हुने सहमति भएपछि छलफलबाट बाहिरिएको बताउनुभएको छ। राज्यको आगामी बाटो जेनजीले तय गर्नुपर्छ भन्ने आफ्नो मुख्य अडान रहेको उनीहरुको भनाइ छ।
उहाँले थप भन्नुभयो, ‘राज्यको आगामी बाटो जेनजीले तय गर्नुपर्छ भन्ने हाम्रो मुख्य अडान थियो।’
आन्दोलनको सामन्य सिद्धान्त विपरित छलफल अघि बढेपछि केही आफूसहित साथीहरु बाहिरिएको उहाँको भनाइ छ। ‘आज पनि हामी नेपाली सेनाको मुख्यालयमा अन्य जेन-जेड समूहसँग छलफल गर्न गएका थियौँ। तर आन्दोलनको बेसिक नम्र्सविरूद्ध छलफल अघि बढ्न थालेपछि म र केही साथी तत्काल बाहिरियौँ।’
उहाँले छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंको प्रशङ्ग आएपछि केही साथीसहित आफूले बैठक छोडेको बताउनुभयो।
जेलमा बस्नुपर्ने कैदीलाई भीआईपी सुविधा! होटलमा मासु–बियर, युवतीसँग रासलीला…
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
दिल्लीको होटलमा आगलागी: बाथरुमभित्र अँगालो मारेको अवस्थामा मृत भेटिए एक जोडी
संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्याया…
एभरेस्ट कलरको आईपीओ खुल्यो
प्रतिक्रिया