जेनजीको प्रदर्शनमा ठूलो मानवीय क्षति, हिलेसम्म २० जनाको मृत्यु
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा काठमाडौँसहित देशका विभिन्न सहरहरूका सडकमा जेन जीहरूले प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनमा प्रहरीको गोली लागेर २० जनाको ज्यान गइसकेको छ।
काठमाडौँमा १८ र इटहरीमा २ जनाको ज्यान गएको हो।
काठमाडौँको ट्रमा सेन्ट्रम ७ जनाको मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले पुष्टि गरे। ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए।
मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ। अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ।
जेलमा बस्नुपर्ने कैदीलाई भीआईपी सुविधा! होटलमा मासु–बियर, युवतीसँग रासलीला…
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
दिल्लीको होटलमा आगलागी: बाथरुमभित्र अँगालो मारेको अवस्थामा मृत भेटिए एक जोडी
संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्याया…
एभरेस्ट कलरको आईपीओ खुल्यो
प्रतिक्रिया