गण्डकीको बजेट आज पारित हुने
काठमाडौँ, १३ असार :सत्तापक्षीय सांसदहरूकै निरन्तर आलोचना र प्रतिपक्षीको विरोधबिच गण्डकीको विनियोजन विधेयक (बजेट) आज पारित हुँदैछ । ३ दिनसम्म सांसदहरूले मन्त्रालयगत बजेटमा दफावार छलफल गरे । उनीहरुले उठाएका प्रश्न र जिज्ञासामा बिहीबारदेखि मन्त्रीहरूले जवाफ दिन थालेका छन् ।
बिहीबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, अर्थमन्त्री डा टकराज गुरुङ, वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जवाफ दिएका छन् ।
मुख्यमन्त्री सहित बाँकी ४ मन्त्रीले आज जवाफ दिने कार्यसूची छ । मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट पारितका लागि निर्णयार्थ पेस हुनेछ । गण्डकीमा सत्तारुढ सांसदहरू दुई तिहाइ भन्दा बढी छन् । सत्ता साझेदार काँग्रेस र एमालेले बजेटको समर्थन गर्न र अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेका छन् ।
मन्त्रीहरूले जवाफ दिनुअघि कांग्रेस संसदीय दलको बैठक बुधबार साँझ बसेको थियो । बैठकमा सांसदहरूले बजेट निर्माणका क्रममा भएका त्रुटीबारे दलका नेता तथा मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए । खासगरी बजेट निर्माणमा कर्मचारी हाबी भएको र तोकिएको सिलिङ अनुसार बजेट वितरण नभएकोमा सांसदहरूको आक्रोश छ ।
मुख्यमन्त्री पाण्डेले दलीय समीकरण, बजेटको सीमितता लगायत कारणले सोचे अनुरूप बजेट नआएको बताएका थिए । उनको जवाफपछि बजेटको पक्षमा समर्थन गर्ने निर्णय गरिएको हो ।
सुनचाँदीकै मूल्यमा गिरावट
इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का
औषधी आपूर्ति सहज बनाउन सरकारले गर्यो ४ निर्णय
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
सीमा विवादमा वार्ताको ढोका खुलेको अर्थमन्त्री वाग्लेको दाबी, संसदमा बहस चर्कियो
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
प्रतिक्रिया