पहिरोमा परेर आठ जना बेपत्ता
काठमाडौं-कालिकोटकाे नरहरीनाथ गाउँपालिका वडा नं ७ मा मंगलबार राति बाढी र पहिरोमा परेर आठ जना बेपत्ता भएका छन् ।
पहिरोले २ वटा घर पुरेपछि एकै घरका छ जना बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार स्थानीय गंगे बुढाको घर पुरिँदा उनीलगायत छ जना घरभित्रै पुरिएर बेपत्ता भएका हुन् ।
गंगे बुढाका ११ जना परिवार मध्य ६ जना पुरिएर बेपत्ता भएकाे र उनिहरुकाे खाेजी कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकृत यक्षराज जोशीले जानकारी दिएका छन् ।
बाढीको भल घरमा पसेपछि घर भत्किएको हो। घर भित्र पुरिनेमा घरमुली गंगे बुढा, उनकी श्रीमती नैना बुढा, बुहारी कुसा बुढा, नातिनी चन्द्रिका बुढा, उनका दुई नाति राम बुढा र चरित्र बुढा रहेका छन ।
बुढाकी छोरी बिमला बुढा घाइते भएकी छन्। यसै गरी गंगेका चार जना परिवारले भने भागेर ज्यान जोगाएका छन ।
त्यस्तै नरहरिनाथ गाउँपालिका वडा नं ४ का बले बुढाको पनि घर भत्किएको छ। बुढाको घर भत्किँदा श्रीमान श्रीमती घर भित्रै पुरिएका छन ।
घर भत्किँदा बलेसहित उनकी श्रीमती मना बुढा बेपत्ता छन् ।
यस अघि शनिबार राति खुलालुमा आएको पहिरोमा नरहरिनाथ गाउँपालिका बडा नं ८ का वर्ष १६ का पारस भण्डार पुरिएर बेपत्ता भएका थिए ।
यस्तै बाढीले बगाँउदा तिलागुफा नगरपालिका जाँदै गरेकी खाँडाचक्र नगरपालिका वडा नं ५ की अविसरा शाही बेपत्ता भएकी छन् ।
यस अघि सोमवार रातिको वर्षाले रास्कोट नगरपालिका वडा नं १ का एकै घरका पाँच सहित छ जना बेपत्ता भएका थिए, भने तीन जना घाइते भएका थिए ।
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
राप्रपा छोडे धवलशम्शेरले, १८३ नेताले दिए सामूहिक राजीनामा
झापामा हुरी र वर्षाले केराखेती नष्ट
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
प्रतिक्रिया