विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल
कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता, २०८२’ मा छलफल सुरु भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते पेस गर्नुभएको सिद्धान्तमा आर्थिक आधारको सबलीकरण र आर्थिक वृद्धि, दिगो विकास, सङ्घीयता कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह तथा सुशासन, सार्वजनिक वित्त एवं वित्तीय अनुशासन, सामाजिक विकास, न्याय, मानव अधिकार, ग्रामीण विकासलाई महत्वका साथ समावेश गरिएको छ ।
यसैगरी, जनमुखी सेवा प्रवाह र सुशासन, कानुनी शासन, शान्तिसुरक्षा, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण, खानेपानी , सिँचाइ तथा ऊर्जा, पर्यटन क्षेत्रको विकास, शिक्षा, खेलकुद, संस्कृति, रोजगारी र समावेशिता, स्वास्थ्य सेवा, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, यातायात क्षेत्रको व्यवस्थापन, वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सहकारीको अनुगमन र नियमन तथा सार्वजनिक वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
छलफलमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, गणेशप्रसाद उप्रेती, कमला दर्नाल, चिलचन पाठक, रमेशकुमार बस्नेत, किशोरचन्द्र दुलाल र डोल्मा तामाङले भाग लिनुभएको थियो ।
न्यसअघि शून्य समय शून्य समयमा गीतादेवी रेग्मी, हिमाल कार्की, गोविन्द गिरी र विनोद राईले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको थियो ।
ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
विर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव
चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
काठमाडौं-२ मा राप्रपाका प्रदेश सांसदलाई रास्वपाले किन बनायो उम्मेदवार ?
प्रतिक्रिया