शिक्षक आन्दोलनमा पत्रकार कार्की घाइते, आँखामा गम्भीर चोट
शिक्षक आन्दोलनको रिपोर्टिङको लागि दिउँसो १२ बजे नयाँ बानेश्वर पुगेकी थिइन्, प्राइम टेलिभिजकी पत्रकार सबिना कार्की ।
उनलाई शिक्षकहरूले अगाडि नै भनेका थिए, ‘आज निषेधित क्षेत्र तोड्ने हो ।’
सोही अनुसार उनी १२ बजे बानेश्वर पुगिन् । शिक्षकहरू प्रहरी भएतिर आइरहेका थिए ।
‘शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो । शिक्षक आक्रोशित प्रहरीले पानीको फोहरा हान्न थाल्यो । क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभयो,’ अस्पतालको बेडबाटै कार्कीले भनेकी छिन्, ‘म पनि छेउमा बसेर मोबाइल झिकेर भिडियो खिच्न लागेको थिएँ । पानीको फोहरा अनुहारमा लाग्यो । केही देख्न सकिनँ, चिच्च्याएँ । आत्तिएँ ।’
सुरुमै प्रहरीले हानेको पानीको फोहरा आफूलाई लागेको उनले बताएकी छिन् ।
एक्कासी मलाई लाग्यो । दाहिने आँखा हेर्नै मिल्दैन,’ उनले भनिन् ।
आन्दोलनरत महिला शिक्षकले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई अस्पताल लैजान सहयोग गरेको थियो ।
‘मलाई सिभिल लगियो । बीचमा पुगेपछि अफिसमा खबर गर्न भनेँ,’ कार्कीले सुनाएकी छिन् ।
सिभिलमा उपचार सम्भव नभएपछि उनको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न डाक्टरका अनुसार उनको आँखाको भित्री भागसम्म चोट लागेको छ । भिजनमा समस्या छ ।
‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्न डा.सिभान्त श्रेष्ठले भनिन् ।
सुनचाँदीकै मूल्यमा गिरावट
इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का
औषधी आपूर्ति सहज बनाउन सरकारले गर्यो ४ निर्णय
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
सीमा विवादमा वार्ताको ढोका खुलेको अर्थमन्त्री वाग्लेको दाबी, संसदमा बहस चर्कियो
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
प्रतिक्रिया