टिकटोकले कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु गर्यो
काठमाडौँ, २७ चैतः टिकटकले ‘टिकटक फोर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ । यसले कलाकारहरूलाई आफ्नो करियर बनाउन सहयोग पुर्याउने उद्देश्य राख्दछ । यस प्लेटफर्मले कलाकारहरूलाई आफ्ना गीतहरूको प्रचार गर्न र आफ्नो श्रोतासँग अझ राम्रोसँग संलग्न हुने उपकरणहरू प्रदान गर्दछ ।
यो प्लेटफर्म कलाकारलाई विभिन्न अभियानहरू सञ्चालन गर्न मद्दत गर्दछ, जसमा उनीहरू आफ्नो आगामी कामहरूको प्रचार गर्न सक्छन् । कलाकारहरूले आफ्ना गीतहरूको प्री–आर्डर प्रचार गर्न र सामाजिक मिडिया प्लेटफर्महरूमा आफनो उपस्थितिलाई बलियो बनाउन अभियानहरू चलाउन सक्छन् ।
यसमा, कलाकारहरूले आफ्नो पोस्ट र गीतहरूको प्रदर्शन कस्तो भइरहेको छ भन्ने डेटा पनि प्राप्त गर्नेछन्, जसले उनीहरूलाई आफ्ना प्रयासहरू सुधार्न मद्दत गर्नेछ ।
हाल यो प्लेटफर्म अष्ट्रेलिया, न्युजील्याण्ड, जापान, दक्षिण कोरिया र इन्डोनेशियामा परीक्षणको अवस्थामा छ । टिकटोकले भविष्यमा यसलाई थप बजारहरूमा उपलब्ध गराउने योजना बनाएको छ । यसलाई विश्वभरका कलाकारहरूका लागि उपलब्ध गराउने तयारी गरिरहेको छ ।
एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
‘हाम्रोपात्रो’मा नयाँ ‘यति च्याट’ फिचर : एआई असिस्टेन्टसहित च्याट, अडियो–भिडिओ…
पहिलो पटक छिर्यो टेस्ला भारतीय बजारमा
बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध
प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको छ :हितेन्…
‘शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
प्रतिक्रिया