सामाजिक सञ्चालन विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घ
सरकारले सङ्घीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ।
महासङ्घले बुधबार विज्ञप्ति जारी गरी भनेको छ, “अगुवा नागरिक संस्था महासङ्घलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकामा महासङ्घ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ।”
महासङ्घले सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्यमान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन नेपाल सरकार र सङ्घीय संसद्सँग आग्रहसमेत गरेको छ।
महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ।
प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जना (सूचीसहित)
व्यावसायिक र विश्वासनीय पत्रकारितामा जोड
करिब ४६ वर्षपछि गोरखापत्रमा नै फर्काइयो ‘गिद्दे प्रेस’
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
अब अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार रुपैयाँ लाग्ने, नवीकरण शुल्क २५ सय
लाइसेन्स बिना अटो रिक्सा चलाउँछन् अधिकांश चालक
काउन्सिल नेपालले जेनजी प्रदर्शनमा घाइते भएका ४ आर्थिक सहयोग
प्रतिक्रिया