नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवकाे उम्मेदवारी दर्ता

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

रामसरोज प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुन् भने रामकृष्ण पार्टीको रौतहट जिल्ला सभापति हुन् ।रामकृष्ण पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन् भने रामसरोज नेता विमलेन्द्र निधिनिकट हुन् ।

रामसरोजले आफूलाई स्वतन्त्र उम्मेदवार भनेका छन् । तर, उनलाई विमलेन्द्र निधि र शेखर कोइराला समूहको समर्थन छ ।