नेपाल पत्रकार महासंघको भावी केन्द्रिय नेतृत्वको औपचारिक घोषणा
निर्वाचन सम्पन्न भएको ३ दिन बितिसक्दा पनि नेपाल पत्रकार महासंघको भावी केन्द्रिय नेतृत्वको औपचारिक घोषणा अझै पनि हुन सकेको छैन ।
गत मंसीर २८ गते देशभरि सम्पन्न भएको निर्वाचन मध्ये एसोसियट, प्रदेश, जिल्लाहरूको मत परिणाम र विजयी नेतृत्वको नाम सार्वजनिक भइसक्दा पनि केन्द्रको भने अझै हुन नसकेको हो ।
‘अहिले धमाधम मत परिणाम लिस्टिङ भइरहेको छ, रि चेक गर्ने काम पनि भइरहेकाले मत परिणाम आउन ढिलो भएको हो,’ महासचिवका उम्मेदवार रामप्रसाद दाहालले भने, ‘बेलुकासम्म सबै परिणाम घोषणा भइसक्छ ।’ उनका अनुसार मधेस प्रदेश मत गणनामा ढिलाइ हुदाँ रि चेक र एक मुष्ठ बनाउन समय लागेको हो ।
यद्यपि, महासंघको भावी नेतृत्वमा निर्मला शर्मा आउने सुनिश्चित भएको छ । प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलबाट उठेकी शर्माले महासंघ स्थापनाको ७ दशक पछि महिला नेतृत्वको रूपमा स्थापित हुने भएकी छिन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी रमेश बिष्टलाई राजित गर्दै महासंघको नेतृत्व लिन लागेकी हुन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगभग सुनिश्चित जस्तै देखिएको छ । अधिकारीबाहेक प्रमुख पदाधिकारीमा चौतारी र युनियन प्यानलबाट निर्वाचित हुन लागेका हुन् ।
सुनचाँदीकै मूल्यमा गिरावट
इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का
औषधी आपूर्ति सहज बनाउन सरकारले गर्यो ४ निर्णय
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
सीमा विवादमा वार्ताको ढोका खुलेको अर्थमन्त्री वाग्लेको दाबी, संसदमा बहस चर्कियो
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
प्रतिक्रिया