नेपाली फिल्म निर्माणमा सघाउन आफू तयार छु : निर्देशक अनुराग कश्यप

 बलिउड निर्देशक अनुराग कश्यपले नेपाली फिल्म निर्माणमा सघाउन आफू तयार रहेको बताएका छन् ।

नेपाली फिल्म ‘शाम्बाला’को आइतबार हुने प्रिमियरमा सहभागी हुन शनिबार काठमाडौँ आएका उनले नेपाली फिल्म पनि हिन्दी भन्दा उत्कृष्ट बन्न थालेको धारणा राखे ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन निर्देशक मीन भामसहितको टोली पुगेको थियो । कश्यपले एक पटक यस अगाडि पनि आफू पशुपति दर्शन गर्न आएको बताए ।

कश्यपले यो पटकको नेपाल भ्रमणमा नेपाली परिकार बुझ्ने, संसारकै प्रसिद्ध न्यूरो डाक्टर यामबहादुर रोकालाई भेट्ने योजना रहेको बताए । नेपाली फिल्म प्रेमगीत र कालोपोथी हेरेको बताएका उनले नेपाली फिल्म मेकरसँग सहकार्य गर्ने आफ्नो योजना रहेको धारणा राखे ।