यसवर्षको दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५०० खसी बोको ल्याउने तयारी

 यसवर्षको दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५०० खसी बोको ल्याउने तयारी गरेको छ ।

गतवर्ष १६५९ वटा खसी बोका ल्याएको कम्पनीले यसवर्ष केही घटाउने तयारी गरेको हो ।  त्यस्तै  कम्पनीले साल्ट ट्रेृडिङ कर्पोरेसनसँगको सहकार्यमा यसवर्ष ६० भन्दा  सहुलियत पसल सञ्चालनमा ल्याउने तयारी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन् ।

उनले भनिन्,‘ हामीले औपचारिक निर्णय गरेको छैन,तर असोजको पहिलो साताबाट सहुलियत पसल सुरुवात गर्ने छौं ।’ गत वर्ष साल्ट  ट्रेडिङले  उपत्यकाको ११ सहित ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । खाद्य कम्पनीले उपत्यकामा पाँच स्थानमा र उपत्यकाबाहिर १८ स्थानमा गरी कुल २३ वटा स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो ।

डिडिसीले उपत्यकाभित्रका चार र उपत्यकाबाहिर ११ गरी १५ वटा सहुलियत पसल सञ्चालन गरेको थियो । अघिल्लो वर्षभन्दा यो वर्ष सहुलियत पसल बढाउने भएको छ । कम्पनीले अघिल्लो वर्ष ४९ वटा स्थानमा  राखेको थियो भने यो वर्ष ६१ स्थानमा राख्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै च्यांग्रा  गतवर्षको भन्दा घटाउने तयारी छ । अघिल्लो वर्ष ३००  वटा ल्याएको यसवर्ष २५० ल्याउने प्रारम्भिक तयारी रहेको छ । अघिल्लो वर्ष ल्याएको च्यांग्राको  गुणस्तामा उपभोक्ताहरुले कम्पनी माथि प्रश्न उठाएका थिए । धेरै च्यांग्रा ल्याएको कम्पनीले १६ वटा च्यांग्रालाई चितुवाले कम्पनीकोखोरमै गएर मारेको थियो ।