सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काँठे गीत ‘नगर दोमन’ सावर्जनिक

 गायक नमराज ढुङ्गाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काँठे गीत ‘नगर दोमन’ सावर्जनिक भएको छ । गीतलाई नवीनबाबु विश्वकर्माले लेख्नुभएको हो । गीतमा सङ्गीत  नमराजको रहेको छ । विष्णु तामाङले सङ्गीत संयोजन गर्नुभएको गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गीतको भिडियोमा गायिका अभिनेता गजित विष्ट र गायिका सरिता भारती शीर्ष भूमिकामा देखिनुभएको छ । गजित र सरितासँगै मनीषा श्रेष्ठ, नकुल गिरी, सम्झना पोखरेल, सुरेन्द्र गिरी, सुदन थापा, सुहानी श्रेष्ठ, विक्रम ढुङ्गानाको पनि गीतमा अभिनय रहेको छ ।

डब्बु क्षेत्री निर्देशित गीतमा सुवास सुवेदीको छायाङ्कन, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन, राजेश थापामगरको ड्रोन, सुदन थापाको निर्माण व्यवस्थापन रहेको छ । गीत नमराज ढुङ्गानाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।