आज तीनवटा प्रदेशमा प्रदेशमा भारी वर्षा

आज तीनवटा प्रदेशमा मुसलधारे वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्‍चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका केही तथा कोशी, मधेश, वागमती र गण्डकीका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।

आज राति कोशीका केही , बाँकी प्रदेशका पहाडी भेगका थोरै तथा लुम्बिनीको तराईका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।