डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु

डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। 

आदर्श गाउँपालिका–३ उन्ने ओडारमा पहिरोमा परेर ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो। तीजको लागि माइत जाँदै गर्दा उनलाई पहिरोले पुरेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका डोटीका अनुसार कौमतीदेवीको साथमा रहेकी उनकी नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छिन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।