लोसपामा फर्किँदैनौं, असोजमा नयाँ पार्टी खाेल्छैँ : राजेन्द्र महतो

आफूहरू कुनै हातमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा नफर्किने राजेन्द्र महतो समूहले जनाएको छ। लोसपा अध्यक्ष ठाकुरले महतोलाई पार्टीमा फर्किन आह्वान गरेका थिए। त्यसको जवाफमा महतो समूहले पार्टीमा नफर्किने घोषणा गरेको हो।

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका सदस्य केशव झाले असोजभित्र पार्टी गठन गर्ने संकेत दिए। ‘अब महन्थ ठाकुरसँग जाने कुरै हुँदैन। उहाँसँग लोसपामा गएर काम गर्ने सम्भावना छैन,' झाले भने। अभियानको तर्फबाट संविधान संसोधनका लागि सरकारसमक्ष आफ्नो एजेन्डा राख्ने तयारीमा नेता महतो छन्। 

सदस्य झाले भने, ‘संविधान संसोधनका लागि सबै पक्षले आ-आफ्नो ठाउँमा माग र मुद्दा सरकारलाई बुझाउँछ। मधेस आन्दोलनको एक स्टेकहोल्डरको हिसाबले हामी संविधान संसोधनको एजेन्डाहरू आफ्नै तरिकारले सरकार समक्ष पेस गछौं।' संविधान संसोधनका लागि कुनै समूह र मोर्चाको जरुरी रहेको महतो पक्षको भनाइ छ। ‘मोर्चा बनाउने वित्तिकै सबै साथीहरू आफ्नो लाभ उठाउनेतिर लाग्छन्। लाभ वा हानीतिर हामी लाग्दैनौं। संविधान संसोधनका एजेन्डाहरू पनि छोड्दैनौं।'