उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले आफ्नो पार्टीको सफलता देखेर लखेट्ने काम भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर गरेका काम–कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरूले लखेट्ने गरेको जिकिर गरे ।

रास्वपाप्रति जस्तो टीकाटिप्पणी गरिए पनि पार्टी स्थापनाका समयमा गरेका प्रतिबद्धतालाई आफूहरूले नभुलेको उनले बताए । पार्टी थप परिष्कृत भएर अघि बढेको उनले उल्लेख गरे ।

उनले रास्वपा अरू पार्टीभन्दा धेरै भिन्न रहेको बताए । यसको नीति र योजना स्पष्ट रहेको उनले जिकिर गरे । रास्वपाका कोही नेताले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका निम्ति योगदान दिने उनको भनाइ छ ।

अर्यालले देश बनाउने रास्वपाको अभियान संविधानभित्र रहेर अघि बढाइने बताए ।