नेपाल टेलिकमका ग्राहकहरुले पनि सजिलै टिकटक चलाउन सक्ने

दूरसञ्चार क्षेत्रको नियामकले निर्देशन दिएपछि सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो सेवा प्रयोग गर्दा टिकटक चलाउन सकिने जानकारी दिएको छ।

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक माथि लगाएको प्रतिबन्ध हटाएको बिषयमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारमा नेपाल टेलिकमले टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाएको प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिएका छन्।

नेपाल सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ भदौ६ को निर्णयबाट प्रतिबन्ध फुकुवा गरिएको थियो।

टिकटकको प्रयोगरपहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ।