प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथको दर्शन

प्रथम महिला सविता पौडेलले हरितालिका तिजका अवसरमा पशुपतिनाथको दर्शन गर्नुभएको छ। शुक्रबार साँझ प्रथम महिला पौडेल परिवारका सदस्य साथ पशुपतिनाथ मन्दिर पुगेर उहाँले पशुपतिनाथको दर्शन गर्नुभएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयका अनुसार उहाँ पशुपतिनाथ पुगेर दर्शन गरेर फर्किनुभएको छ। तिजको अवसरमा उहाँसँगै लाखौँको सङ्ख्यामा दिदीबहिनीले पशुपतिनाथको दर्शन गर्नुभएको छ।