मामा र फुपुका छोराछोरीबीच अंगदान गर्न पाउँनुपर्छ : सर्वोच्च

अबदेखि मामाका छोराछोरी र फुपुका छोराछोरी बीच पनि अंगदान गर्न मिल्ने भएको छ।  सर्वोच्च अदालतले मामाफुपूका छोराछोरीहरुबीच पनि अंगदान गर्न बाधा नपुग्ने भनी व्याख्या गरेको छ । न्यायाधीशहरु डा. कुमार चुडाल र हरि फूयालको इजलासले मामाको छोरी सहमत भए फुपुको छोरालाई प्रत्यारोपणमा अवरोध नगर्नु भनी आदेश दिएको छन् ।

अधिवक्ता पूजा खत्री समेत संलग्न रिट निवेदनमा सर्वोच्चले कानूनी परिभाषा फराकिलो पार्न आदेश दिएको थियो । १ जेठ, २०७१ मा सर्वोच्च अदालतले ‘नजिकको नातेदार’को परिभाषालाई संकुचित बनाइएको भनी व्याख्या गर्दै कानून संशोधन गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले काकाकाकी र ठूलोबाबुआमाको छोराछोरीलाई नजिकको नातेदार मान्ने कानूनी व्यवस्थाले आमाको नातेदार अर्थात मामाफुपुको सन्तानविच भेदभाव गरेको भन्दै कानून संशोधनका लागि समेत ध्यानाकर्षण गराएको छ ।

आमाको समान पुस्ताको नातालाई बाबुतर्फका नाता सरह नसमेटेको भन्दै  सर्वोच्चले प्रश्न उठाएको हो ।‘अंगदान गर्ने क्रियाकलाप मानिसको जीवन रक्षा हुनुपर्ने विषयसँग जोडिएको देखिएको छ । अंगदानले स्पष्टतः कोही मानवको जीवन रक्षा एवं निजको बाँच्ने आयु र अधिकारको विस्तार गर्ने गर्दछ’ फैसलाको पूर्णपाठमा भनिएको छ,

फुपूकी छोरीले स्वेच्छिकरुपमा मृगौला अङ्गदान गर्न चाहेमा निवेदक( मृगौला रोगी) लाई चिकित्सकीय रोहमा रीत पु¥याई मृगौला दान गरी प्रत्यारोपण गर्नू गराउनू   पुर्णपाठमा उल्लेख छ ।यसअघि सर्वोच्च अदालतले काकाससुराले पनि मिर्गौला दिनसक्ने फैसला गरेको थियो । सर्वोच्च अदालतले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ माथि आवश्यक परिमार्जन गर्नु भनी कानून मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण द…

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटीमा छुटे

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटी…

एमाले  नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

एमाले नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका  सिद्धबाबाले  उच्च अदालत विराटनगरबाट पाए सफाइ

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबाले उच्च अदालत विराटनग…

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन : सर्वोच्च

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन…

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी