नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक गरेको हो ।

दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको २९ भदौमा चलचित्र घरहरूमा प्रदर्शनमा आएको थियो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङसहित मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतले अभिनय गरेका छन् ।

चलचित्रमा गाउँमा हुने राजनीतिक गतिविधिलाई प्रस्तुत गर्न खोजिएको छ ।यो चलचित्र केही समयअघि ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा सार्वजनिक भएको थियो ।​