एडीबीले नेपाललाई सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब २९ करोड सहुलियत ऋण दिने

एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि सहुलियत ऋण दिने भएको छ। 

सरकारले ११५ मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको हो।  मन्त्रिपरिषद्को भदौ २० गते बसेको बैठकले १५ अर्ब २९ करोड रुपैयाँबराबरको उक्त ऋण लिन वार्ताका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।