किशोर–किशोरीहरूलाई फिटनेस लेभल, तौल र शारीरिक बनावटसम्बन्धीका भिडियो युट्युबले नदेखाउने

युट्युबले किशोर–किशोरीहरूलाई विशेष फिटनेस लेभल, तौल र शारीरिक बनावटसम्बन्धीका भिडियो सुझाउन रोक्ने भएको छ ।

विज्ञहरूले यस्ता भिडियो निरन्तर हेर्दा हानिकारक हुनेसक्ने चेतावनी दिएपछि युट्युबले यस्तो गर्ने भएको हो ।अब युट्युबले १३ देखि १७ वर्षसम्मकालाई यस्ता भिडियो हेर्न दिनेछ तर थप रिलेटेड भिडियोहरू भन्ने सेक्सन भने देखाउने छैन ।यस्ता भिडियोले गाइडलाइन्स उल्लंघन नगरेको तर, केही प्रयोगकर्ताले बारम्बर हेर्दा उनीहरूको स्वास्थ्यमा असर पर्नसक्ने जनाएको छ ।

युट्युबको वैश्विक स्वास्थ्य प्रमुख डा. गर्थ ग्राहमले किशोर–किशोरीले आफ्नो लागि आफ्नै तरिकाले स्ट्यान्र्डड बनाइरहेको हुने बताए । निरन्तर रूपमा कुनै विशेष शरीरिक आकारलाई आदर्शमान्दा आफैँप्रति नकारात्मक धारणा उत्पन्न हुनसक्ने उनले बताएका छन् ।