मकवानपुरमा स्याउ बोकेको पिकअप गाडी दुर्घटना

हेटौँडा–काठमाडौँ जोड्ने फाखेल मातातीर्थ सडक खण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीमा शुक्रवार पिकअप गाडी दुर्घटना भएको छ । 

हेटौँडाबाट स्याउ लिइ काठमाडौँ जाँदैगरेको ना ३ च ६२४५ नम्बरको पिकअप गाडी उकालोमा चढ्न नसकी ब्याक हुँदा दुर्घटना भएको हो । गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

दुर्घटनामा पिकअप गाडी चालक पर्सा वीरगन्ज महानगरपालिका –१६ इनवा बस्ने २७ बर्षिय लक्ष्मीप्रसाद यादव गाडीबाट हामफाल्दा सामान्य घाइते भएका छन् । सहचालक ३० वर्षीय  रमेश पटेल गाडी ओट लगाउँदै गर्दा साइड लागी सकुशल छन् । 

घाइतेलाई स्थानीय क्लिनिकमा उपचारका लागि पठाइएको र गाडी घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।