ममता भट्ट प्रकरण : ममताका आमा र दाइ पहिलोपटक अदालत गए, इजलासमा के के भयो ?

अभियुक्त नरेश भट्टका वकिलहरूको मागअनुसार ग्राण्ड जुरी खारेज गरेर मुद्दालाई ‘स्पिडी ट्रायल’ मा

 अमेरिकामा हराएकी नेपाली चेली ममता भट्टको मुद्दामा हिजो भएको सुनुवाइले ग्रान्ड जुरी खारेज गरेको छ । अभियुक्त नरेश भट्टका वकिलहरूको मागअनुसार ग्राण्ड जुरी खारेज गरेर मुद्दालाई ‘स्पिडी ट्रायल’ मा लगिएको हो ।

प्रिन्स विलियम काउन्टी अदालतमा भएको सुनुवाइमा पहिलोपटक ममताकी आमा र भाइ पनि उपस्थित भएका थिए । उनीहरूकै आँखाअगाडि प्रहरीले ज्वाइँ नरेशलाई हत्कडी लगाएर इजलासमा ल्याए । तर, ‘इन्टरप्रिटर’ को अभावका कारण सुनुवाइमा विलम्ब भयो । बाक्लो संख्यामा रहेका नेपालीहरूले हल्लाखल्ला गरेपछि सेक्यूरिटीले चेतावनी दिनु परेको थियो ।

न्यायाधीशले सुनुवाइ प्रक्रिया सुरू गरेपछि इन्टरप्रिटरको खोजी भयो । नरेश भट्टका वकिलहरूले इन्टरप्रिटर नभेटिएको बताए । सरकारी वकिलले भर्जिनियाको अदालती प्रणालीमा नै २-३ जनामात्रै इन्टरप्रिटर भएकाले पाउन गाह्रो हुने भन्दै बहस सुचारु गर्न आग्रह गरे । तर, नरेशका वकिलले मानेनन् । जसोतसो एक घन्टापछि एकजना इन्टरप्रिटर झिकाएर बल्ल सुनवाइ आरम्भ भएको थियो ।

हिजोको ‘मोसन हियरिङ’ खासमा नरेशकै वकिलहरूको माग अनुसार राखिएको हो । यसअघिको सुनुवाइमा अदालतले मुद्दा ग्राण्ड जुरीमा पठाउने निर्णय लिएका थिए । उक्त निर्णय खारेजीको माग गर्दै नरेशका वकिलले स्पिडी ट्रायलमा लैजान न्यायाधीशलाई दबाब दिए । स्पिडी ट्रायलमा लैजाँदा मुद्दाको अभियोजन ५ महिनाभित्र गरिसक्नुपर्ने हुन्छ । अन्यथा मुद्दा लाग्दैन ।

अहिले नरेशविरुद्ध शव लुकाएकोमात्रै अभियोग लगाइएको छ । हत्या अभियोग छैन । आफैंले हत्या गरेको ठोस प्रमाण नभेटिएकाले प्रहरी हत्यारा भन्न नसकेको हो । मुद्दालाई जति छिटो प्रक्रियामा लग्यो, प्रहरी उति दबाबमा पर्ने नरेशका वकिलहरूको बुझाइ छ । यदि प्रहरीले हत्याको प्रमाण नभेटेमा शव लुकाएको मुद्दाम‍ात्र लाग्ने र सामान्य सजाय हुन सक्ने भएकाले उनीहरूले स्पिडी ट्रायलका लागि दबाब दिएका हुन् । उनीहरूको अहिलेसम्म ममताको शव नै नभेटिएको हुँदा अभियोग पुष्टि हुने आधारभूत प्रमाणसमेत प्रहरीसँग नभएको तर्क गरेका थिए ।

यसअघिको मोसन हियरिङमा जस्तै हिजो पनि न्यायाधीशले नरेशका वकिलको माग स्वीकार गरे । जसअनुसार मुद्दा ग्राण्ड जुरीको साटो स्पिडी ट्रायलमा जाने भएको छ । तर, ट्रायल कहिले सुरू हुने भन्ने निधो भएको छैन । नरेशका वकिलहरू छिटो छिनोफानो गर्न चाहन्छन् । सरकारी वकिलहरू समय लिन चाहन्छन् । नरेशका वकिलले डिसेम्बरमा र सरकारी वकिलले जनवरी अन्तिम वा फेब्रुअरीमा ट्रयल राख्न माग गरेका थिए । न्यायाधीशले कुनै निर्णय दिन नसकेको न्यूज डब्लुयुएसएले जनाएको छ । समाचारमा जनाइएअनुसार सम्भवत: फेरि अर्को मोसन हियरिङ हुन सक्छ ।

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण द…

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटीमा छुटे

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटी…

एमाले  नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

एमाले नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका  सिद्धबाबाले  उच्च अदालत विराटनगरबाट पाए सफाइ

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबाले उच्च अदालत विराटनग…

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन : सर्वोच्च

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन…

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी