तीजको दिन सर्वाेच्चमा दुईसयबढी थुनुवाका मुद्दाको पेशी

काठमाण्डौं, २१ भदौ :सर्वाेच्च अदालतमा सधै कौतुहलपूर्ण तवरले मुद्दाहरुको सुनुवाई हुने गरेकै परिप्रेक्ष्यमा आज तीजको दिन दुईसय बढी थुनुवाका मुद्दा पेशीमा चढेका छन् ।

आधाजसो न्यायाधीश, कर्मचारी र वकिल महिला रहेकोले आधा जनशक्ति उपस्थितिको दिन दुईसय थुनुवाका मुद्दाको सुनुवाईलाई पनि कौतुहलपूर्ण नै मान्नुपर्छ ।

प्रधानन्यायाधीश सहितका ५ जना न्यायाधीशको पद खाली रहेको, र आधा नै जनशक्ति विदामा बसेको दिन यसप्रकारले महत्वपूर्ण मुद्दाको सुनुवाई के होला भन्ने विषय भने पर्खाइकै विषय बनेको छ। 

आज तोकिएका मुद्दाहरुमा २०७६ देखि २०८० साल सम्ममा दर्ता भएका मुद्दाहरु रहेको छन् ।  खासगरी थुनुवाका मुद्दाहरुले प्राथमिकता पाउने भएकाले थुनामा बसेका मुद्दाहरुले सकेसम्म ५ बर्षे अभियान फांटमा पुग्नु नपर्ने अवस्था भएतापनि न्यायाधीशहरुको संख्या कम भएको, कार्यविधिगत प्रक्रिया लगायतका झन्झट एवं प्रमाण मुकरर गर्ने प्रक्रियाका कारणले थुनुवाकै मुद्दाहरुले समेत लामो समय कुर्नुपर्ने अवस्था आइपरेको कानुनविद्हरु बताउंछन् ।

थुनाका मुद्दाले पहिलो प्राथमिकता पाउने गरेका छन् भने हत्या, जबजस्ती करणी, मानव वेचबिखन जस्ता गम्भीर प्रकृतिका मुद्दा जिल्ला अदालतदेखि नै सर्वाेच्च अदालतसम्म आइपुग्दा कम्तिमा पनि एक दशकको अवधि पार गर्नु गरेको पनि पाइन्छ ।

सर्वाेच्च अदालतमा न्यायाधीशका चार पद खाली हुंदा मुद्दा सुनुवाई प्रभावित भएतापनि न्यायिक नेतृत्वले राजनीतिक खिचातानीका कारण न्यायाधीशको समयमै नियुक्ति गर्न भने सकेको छैन ।
न्यायपरिषद् ऐन, २०७३ को दफा ४ ले सर्वाेच्च अदालतको न्यायाधीश पद खाली हुने एकमहिनाअघि नै सिफारिस गर्नुपर्ने भएतापनि त्यसको पालना हुन नसकेपछि सर्वाेच्च अदालतकै इजलासले न्यायिक नेतृत्व र न्यायपरिषद्लाई समेत आदेश दिइसकेको छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले अवकाशपूर्वको बिदा आजैदेखि बस्ने अवस्थाले झनै न्यायाधीश नियुक्तिमा संसयपूर्ण अवस्था सुरु भइसकेको छ ।

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण द…

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटीमा छुटे

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटी…

एमाले  नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

एमाले नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका  सिद्धबाबाले  उच्च अदालत विराटनगरबाट पाए सफाइ

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबाले उच्च अदालत विराटनग…

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन : सर्वोच्च

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन…

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी