संविधान संशोधनको दृष्टिकोण तय गर्न लक्ष्मणलाल कर्णको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ, २१ भदौः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधनको दृष्टिकोण तय गर्न लक्ष्मणलाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

कार्यदलमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने निर्णय गरिएको प्रवक्ता आभास लाभले जानकारी दिनुभयो । उक्त कार्यदलले संविधान संशोधनका विषयमा सरकारलाई आवश्यक सहजीकरणसमेत गर्नेछ । बैठकले संविधान संशोधन गर्दा जातीय, वर्गीय उत्पीडनमा परेका समुदायलाई सामाजिक न्याय तथा मधेसका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ। 

बत्तीसपुतलीस्थित अनुपम फुडल्यण्डमा यही बुधबार र बिहीबार बसेको बैठकले आगामी वैशाख २६ गते महाधिवेशन गर्ने निर्णयसमेत यसै बैठकबाट गरेको छ । महाधिवेशनस्थलबारे पछि निर्णय गरिने जनाइएको छ ।

वडा, गाउँ, क्षेत्र तथा केन्द्रसम्म सङ्गठन सुदृढीकरणका लागि जनलक्षित अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले विभिन्न कारणले लोसपा परित्याग गरेका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेको छ ।

राजनीतिक, आर्थिक, सामाजिक विषयमा थप सशक्त कार्यक्रम बनाउन नेताहरूले सुझाव दिएको बैठकमा पार्टी सञ्चालनका लागि लेबी तोक्ने, पार्टी सञ्चालनका लागि खर्च गर्नेलगायत आर्थिक नियमावली निर्माण गरिएको छ । मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे बैठकमा छलफल गरिएको प्रवक्ता लाभले जानकारी दिनुभयो । आसन्न मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी गर्ने निर्णय बैठकले गरेको छ ।

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण द…

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटीमा छुटे

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटी…

एमाले  नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

एमाले नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका  सिद्धबाबाले  उच्च अदालत विराटनगरबाट पाए सफाइ

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबाले उच्च अदालत विराटनग…

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन : सर्वोच्च

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन…

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी