३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ

बैतडीमा एक ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। 

सिगास गाउँपालिका-२ का ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीडिएसपी दिपक गिरीले जानकारी दिए। धामी सिगास गाउँपालिकाकै एक स्वास्थ्य संस्थामा कार्यरत छन्। उनीमाथि बलात्कार आरोपमा जाहेरी परेपछि बुधबार पक्राउ गरेको डीएसपी गिरीले बताए।  

पीडित महिलाले स्वास्थ्यकर्मी धामीले आफूलाई विभिन्न प्रलोभनमा पारेर पटक–पटक जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ।जाहेरीकर्ता युवतीकै जाहेरी निवेदनका आधारमा धामीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए।