चर्चित टिकटकर तथा मोडल स्मारिका ढकालले ‘ज्ञानशास्त्र’बाट फिल्ममा डेब्यु गर्ने

 चर्चित टिकटकर तथा मोडल स्मारिका ढकालले ‘ज्ञानशास्त्र’बाट फिल्ममा डेब्यु गर्ने भएकी छन् ।

टिकटकरको रुपमा उदाएकी उनलाई निर्माताले शीर्ष भूमिकामा अनुबन्धित गरेका छन् ।फिल्ममा स्मारिकाको शीर्ष भूमिका रहने छ । शिक्षालाई राजनीतिबाट मुक्त गर्न एक महिला पात्रले गर्ने संघर्षलाई फिल्ममा देखाइएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएपछि ‘ज्ञानशास्त्र’लाई पहिलो पटक निर्माण इजाजत दिएका थिए ।फिल्ममा स्मारिकाका अलावा समीर खान, रविन्द्र झा, नरेश पौड्याल, सुशील पौडेल, सुरवीर पण्डित, पूर्णिमा थापा लगायतको अभिनय रहनेछ। यसको छायांकन भदौ २२ देखि धादिङ र चितवनमा छायांकन सुरु हुँदैछ ।

स्मारिकालाई टिकटकमा पछ्याउनेको संख्या ११ लाख छ । टिकटक हुँदै चर्चामा आएकी ढकाल पछिल्लो समय मोडलिङको क्षेत्रमा चर्चित छिन्।