महिला स्वास्थ्यकर्मीलाई बलात्कार गरेकाे आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ

बैतडीमा बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ परेका छन्।

जिल्लाको सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी बलात्कार आरोपमा पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता बलराम पाण्डेका अनुसार ३१ वर्षीया युवतीले आफूमाथि धामीले जबरजस्तीकरणी गरेको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी थिइन्। बिहीबार जाहेरी परेको र आजै धामीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले बताए।

पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धामीले विभिन्न प्रलोभनमा पारी पटकपटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ।

पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ।