लागुऔषध ओसारपसारको आरोपमा २२७ संदिग्ध पक्राउ

टर्किए प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा २२७ संदिग्धलाई पक्राउ गरेको छ ।

४७० किलोग्रामभन्दा बढी लागुऔषध बरामद गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताए ।

प्रहरीले ४२ प्रान्तमा एकैसाथ कारबाही गरी ४७९ केजी लागुऔषध र १ लाख ६० हजार ९६७ चक्की बरामद गरेको येरलिकायाले बताए । यर्लिकायाकाअनुसार ‘नार्कोसेलिक–३७’ नाम दिइएको उक्त अभियानमा सात प्रहरी टोली, १ हजार ४१८ कर्मचारी, १२ हवाई सवारी साधन र ३७ वटा लागुऔषध डिटेक्टर कुकुरले भाग लिएका थिए । 

टर्किएले सन् २०२३ देखि लागुऔषधको तस्करीविरुद्धको आफ्नो क्र्याकडाउनलाई तीव्र पारेको छ ।