प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने युवकलाई मुद्दा चलाइयाे

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई मुद्दा चलाइएको छ ।

बाजुराको खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले साइबर अपराधको मुद्दा चलाएको हो ।

फेसबुकमा आलोचना गरेकै आधारमा रावलविरुद्ध मुद्दा चलाइने भएको हो ।गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत, काठमाडौंको आदेशमा धरौटीमा छुटेका छन् ।

उनले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू, भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए ।

त्यस विरुद्ध अजित कुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो ।

रावल सिन्धुपाल्चोकको बाह्रबिसे स्थित किस्टोन अस्पतालका कर्मचारी हुन् ।