आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज पाँचवटा प्रदेशमा मुसलधारे वर्षा हुन सक्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्‍चिममा सरदर स्थानको आसपास र पूर्वमा दक्षिणतिर अवस्थित छ।

 

सोही प्रभावका कारण आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशीमा थोरै तथा वागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।

आज राति कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश र गण्डकीका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ।