नेपाल र कतारबीच संस्कृति तथा पर्यटन क्षेत्रको विकास प्रवद्र्धनबारे छलफल

काठमाडौँ, १८ भदौ : नेपाल र कतार सरकारबीच संस्कृति, पर्यटन क्षेत्रको विकास र नागरिक उड्डयनका विषयमा कुराकानी भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको पर्यटनलगायत विषयमा छलफल भएको पर्यटन मन्त्रालयले जनाएको छ । 

उहाँहरुबीचको भेटवार्ताका क्रममा द्धिपक्षी  हितका साथै दुई देशबीचको पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको हो । छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरवेजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुशरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो । उक्त भेटमा परराष्ट मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।