काठमाडौं महानगरका मेयर बालेनको भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको खुलासा

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको खुलासा भएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेनको भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको र काठमाडौंको लाजिम्पाटमा गोप्य रुपमा योजना बनाउने गरेको खुलासा गर्नुभएको हो ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष बडालले मेयर शाहले सांग्रिला होटल पछाडि घर भाडामा लिएर भारतीय खुफिया एजेन्सीको निर्देशन लिने र सोही अनुसार काम गरिरहेको बताउनु भएको छ ।‘काठमाडौँ महानगरपालिकाका मेयर बालेनजी सांग्रिला होटल पछाडि घर भाडामा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस, नेपाली जनताले तपाईको असलियत बुझ्ने दिन धेरै टाढा छैन,’ अध्यक्ष बडालले लेख्नुभएको छ ।

मेयरबालेन पछिल्लो समय नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध मिसन चलाइरहनु भएको छ । भारतीय खुफिया एजेन्सीकै निर्देशनमा बालेनले यी काम गरिरहेको बडालको आरोप छ ।