महिनावारी गडबड किन र के कारणले हुन्छ ? जानाैँ !

सामान्यतया महिनावारी चक्र हरेक २८ दिनमा हुन्छ । तर सबै महिलाहरूमा यही चक्र नदोहोरिन पनि सक्छ । कतिपयलाई महिना पुग्नु भन्दा ७–८ दिन अगावै हुने गर्छ कतिपयलाई महिना पुगेर १०–१२ दिन पछाडि पुग्ने हुन्छ ।

यति कुराहरू सामान्य नै हुन् । तर एका–दुई महिलाहरूलाई भने रजस्वला भएको पन्ध्र दिनमै पुन रजस्वला सुरु हुन्छ र महिनावारी भएको डेढ महिना दुई महिना बितिसक्दा पनि हुँदैन ।

यस्तो अवस्था भने असामान्य हो । यदि तपाईँहरूमा पनि यस्तै समस्या देखा परिरहेको छ भने चिकित्सकसँग परामर्श लिन आवश्यक छ । यस्ता समस्याहरूले महिलाहरूलाई विभिन्न रोगको सिकार बनाउन सक्छ । 

यसकारण आज हामी महिनावारी गडबड किन,के कारणले हुन्छ ? जानाैँ

२२ दिनदेखी ४५ दिनसम्म महिनावारी हुनुलाई नर्मल मानिन्छ । तर कतिपय महिलाहरूलाई यो भन्दा कम या बढि समयमा पनि महिनावारी हुन्छ । यो समयबाहेक पनि कसैलाई छिटो वा कसैलाई ढिलो महिनावारी हुनसक्छ, जसलाई महिनावारी गडबडी वा अनियमित महिनावारी भनेर बुझिन्छ ।

महिनावारी गडबड हुने कारण

हर्मोनको गडबडी,खराब जीवनशैली र खानपानको कारण, मोटोपन र कोही एकदमै पातलो छन् भने पनि महिनावारी गडबड हुन सक्छ। यसैगरी थाइराईड, गर्भनिरोधक चक्कीहरूको प्रयोग,गर्भ रहेको खण्डमा पनि महिनावारी नियमित हुन दिँदैन ।

ध्यान दिनुपर्ने कुरा 

महिनावारीको समय ४० दिनभन्दा बढी नाघेमा, नियमित भइरहेको महिनावारी अचानक रोकिएमा,महिनावारी हुँदा अत्यधिक पीडा साथै रक्तस्राव भएमा,एक साताभन्दा बढी समयसम्म रक्तस्राव भइरहेमा र महिनावारी हुँदा अत्यधिक पेट दुखाइ भएमा अस्पतालमा चिकित्सकको परामर्श लिनुपर्छ ।

अत्यधिक पेट दुखाइ हुनु, रक्तस्राव धेरै हुनु र गर्भ रहन पनि समस्या भइरहेको छ भने पाठेघरको परीक्षण गराउनुपर्ने हुन्छ ।