शिक्षा दिवसका लागि मुल नारा तय

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’

शिक्षा दिवसका लागि मुल नारा तय भएको छ ।

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई शिक्षा दिवसको मुल नारा तय गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय बैठकबाट उक्त मुल नारा टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए ।अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत बर्ष देखि शिक्षा दिवसका रुपमा मनाउन सुरु गरिएको छ ।

दिवसका लागि आदर्श वाक्य बनाउन भन्दै मन्त्रालयले विभिन्न शब्दहरू सार्वजनिक गरेका थियो ।