बुद्ध  एयर र प्रभु बैँकको सेवामा ग्राहकवर्गहरुलाई  विशेष छुट दिने सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्ध  एयरको सेवामा  विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लाल कायस्थद्वारा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

मिति २०५३ साल वैशाख ११ गते स्वीकृति प्राप्त गरी २०५४ आश्विन २५ गते बाट उडान सुरु गरेको बुद्ध एयरले हाल आएर आन्तरिक उडानको साथ साथै भारतको बनारस सम्म पनि आफ्नो सेवा विस्तार गरेको छ ।