बागमतिका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।
आइतबार संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । ‘संसदीय दलले राजीनामा दिन सुझाव दिएको छ । दलको सुझावलाई मुख्यमन्त्रीज्यूले कार्यान्वयन गर्नु हुनेछ,’ ढकालले भने ।
.यसअघि जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए । ५ साउनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने कार्यसूची बनाएको थियो ।२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकारको नेतृत्व माओवादी केन्द्रका जम्कट्टेलले गरेका थिए । उक्त सरकार साढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो ।
१० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाए ।२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । फागुनमा एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको थियो ।
बागमतीमा अब एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ ।
प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जना (सूचीसहित)
व्यावसायिक र विश्वासनीय पत्रकारितामा जोड
करिब ४६ वर्षपछि गोरखापत्रमा नै फर्काइयो ‘गिद्दे प्रेस’
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
अब अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार रुपैयाँ लाग्ने, नवीकरण शुल्क २५ सय
लाइसेन्स बिना अटो रिक्सा चलाउँछन् अधिकांश चालक
काउन्सिल नेपालले जेनजी प्रदर्शनमा घाइते भएका ४ आर्थिक सहयोग
प्रतिक्रिया