बानेश्‍वरमा निधि, कोइराला र सिंहबीच छलफल हुँदै

१४ औं महाधिवशनमा पार्टी सभापति लड्ने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंह फेरि छलफलम जुटेका छन् । 

तीन नेताबीच निधि निवास बानेश्वरमा अहिले दिउँसो तीन बजे छलफल हुने निधिका सहयोगी रामजी दाहालले जानकारी दिए।भेटमा साझा उम्मेदवारका साथै क्रियाशील सदस्यता विवाद, जिल्ला अधिवेशन लगयतका विषयमा कुरा हुने बताइएको छ ।