निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल
काठमाडौँ, १६ असार : नेपाल पत्रकार महासङ्घको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायत विवादको समाधान गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासङ्घका पूर्वसभापतिहरुले अपिल गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिहरूले आज वक्तव्य जारी गर्दै महासङ्घका अध्यक्षसहित केन्द्रीय समितिलाई ध्यानाकर्षण गराउनुभएको हो । पूर्वसभापतिहरुले नेपाली पत्रकारको साझा र भरोसायोग्य संस्था पत्रकार महासङ्घभित्र पछिल्लो केही दिनयताका काम कारबाही र गतिविधिप्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको हो ।
वक्तव्यमा भनिएको छ, “महासङ्घको साख र मर्यादा कायम गर्न पूर्वसभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।” लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था रहेको महासङ्घको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयमा तालाबन्दी र हुलहुज्जत हुनु दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको वक्तत्व्यमा उल्लेख छ ।
नेपाल पत्रकार महासङ्घका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र पार्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासङ्घका वर्तमान कार्यसमितिलाई पूर्वपदाधिकारीहरुले अपिल गर्नुभएको छ । अपिल गर्ने पूर्वसभापतिहरुमा किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले हुनुहुन्छ ।
अस्ट्रेलियामा आप्रवासी श्रमिकमाथि चरम आर्थिक शोषण हुने गरेको खुलासा
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
सुनचाँदीकै मूल्यमा गिरावट
इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का
औषधी आपूर्ति सहज बनाउन सरकारले गर्यो ४ निर्णय
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
प्रतिक्रिया