टी–२० विश्वकप : न्युजिल्यान्डका फर्गुसनको दुर्लभ कीर्तिमान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/lockie-ferguson_gNQXK4lSwJ_x7dQQ1ZeO3_oal8actx7cirsbdsq2id9ch62bjm0xu4gmcxlrtkur1oodivc5mgpzl4kk3f_Cnsy2Sx0gt_zqiqwtsmvgmkw78ov1vu4h7sifbrcnimdfnzhzkruenfsfwogx7d2fjfrl1t.webp)
टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
पपुवा न्युगिनीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि डेभन कनवे सर्वाधिक ३५ रन बनाए । उनले ३२ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।कप्तान केन विलियमसन र डेयरल मिचेलले नटआउट रहेर क्रमशः १८ र १९ रन बनाउँदै टोलीलाई जित दिलाए । पपुवा न्युगिनीका काबुआ मोरेयाले २ विकेट लिए ।
यसअघि लोकी फर्गुसनको दुर्लभ कीर्तिमानको मद्दतले न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७८ रनमा सीमित गर्न सफल भएको थियो । खेलमा फर्गुसनले ४ ओभर बलिङ गर्दै चारै ओभर मेडेन राखेर ३ विकेट लिन सफल भए ।
टी–२० विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो बलर हुन् । टी–२० अन्तर्राष्ट्रियमा पनि यो रेकर्ड उनीबाहेक क्यानडाका साद बिन जाफरले मात्र बनाएका छन् । उनले सन् २०२१ मा टी–२० विश्वकपको छनोट खेलमा पानामाविरुद्ध ४ ओभर बलिङ गर्दै कुनै पनि रन नदिई २ विकेट लिन सफल भएका थिए ।
पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै, नोरमान भानुवाले १४ तथा सेसे बाउले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, टीम साउथी र इस सोधीले २–२ विकेट हात पारे । मिचेल स्यान्टनरले एक विकेट लिए ।
![फोर नेसन्स कपको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमले जोर्डनको सामना गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Women-Football-Team-Nepal_uiq4TL0R3t_aqumrmgh6ipojlyzr2xp0abgidpmdl8laviwubxbodzo64ivkh6rqfksz5da_jcDQ7IswmK_yrn2ky54c3wqgjtbecyzdjlngmwzlo0jku7vzru4gmlk6vqlhreckn22uzi6.jpg)
फोर नेसन्स कपको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमले जोर्डनको सामन…
![कोपा अमेरिका २०२४ : चिलीलाई हराउदै अर्जेन्टिना नकआउट चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/GettyImages-2158512545_3uqu2toGSI_ezph40ks1svsozm6ft0rqef5t9b1xjntz1u4p7jh8azwqo5i6coigsre18hv_EDGZcRIwYd_dz0wi8igmsgzbduuazxuw1hmjymaogdvvxl7b5v6s1lyr2kyivxhurg4gxdh.jpg)
कोपा अमेरिका २०२४ : चिलीलाई हराउदै अर्जेन्टिना नकआउट चरणमा
![कोपा अमेरिका-२०२४ : क्यानडाले पेरुलाई १-० गोलअन्तरले हरायाे](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_Jnp4SkB59S_mfoc9meo5y2d06gjcovz4akfa1jlhipjiqu5keeq2ltu9mrbnvb3uskr42yx_1cTMdiUzkw_tpldokbggxk8rxdzilkwcnyqpxqhyq0fnj4b8xlw6hlejyfpdpcslhihgbke.jpeg)
कोपा अमेरिका-२०२४ : क्यानडाले पेरुलाई १-० गोलअन्तरले हरायाे
![टी- २० विश्वकप : सेमिफाइनलकाे पहिलो खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/EOc3TnL_2D0yJar4fg_jrhfqv0oerrvix5ucjfp3nmgjif2dffbehui7ih8qfyub0gfr4zptirvzodf_c9lCvDQ6hk_ighvuzkv1z8zsz7mbo4ifx1xdawp7xcrys4bmf4k03axafaywlehixhc2pau.png)
टी- २० विश्वकप : सेमिफाइनलकाे पहिलो खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हु…
![महिला एशिया कप क्रिकेटकाे उद्घाटन खेलमा नेपाल र युएई खेल्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/nepali_women_cricket_team_GCEQAZsKDN_EDf5jl1zD9_9wyudqrarzgu5mgwkfoeavnlfembmynihysidx36vqsasxodjvbeblhmbf8p_Y1lq3az1ZR_n8huihbm2wk7rrvadalyqrlv3qqqyagcdn9kcb2tz1wk2f9vli1ngw8v7lej.jpg)
महिला एशिया कप क्रिकेटकाे उद्घाटन खेलमा नेपाल र युएई खेल्ने
![युरोकप २०२४ : इंग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/football-england-team_nTvmMgG1Us_ztfcema0kqjuiwrd1ndr2feyq0rxp2noc1jwejuorsmjltuaigstrrog5bth_yEbIUodrJg_48yxdw86krewgdvyk9mywlbckalkasggdlbhpctpijb3arlebks1kvmv69te.jpg)
युरोकप २०२४ : इंग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश
![अफगानिस्तान सेमिफाइनलमा, के भने रशिद खानले ?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-25_21-04-56-689_gB5JwevA2n_i8hrijlzml9spjbi79pje5uo2ypdhbloieofw7ghgrpierrvo3cqjsyumucm_Jwv41oxIpc_j0h6rfbimun1w2iywnrrljimdydf5jyoubaz819frdp5lpz1kgftqovlg5ds.jpg)
अफगानिस्तान सेमिफाइनलमा, के भने रशिद खानले ?
![युरोकप २०२४ : फ्रान्स र पोल्याण्डले अंक बाडे](https://snowberry.prixacdn.net/media/gallery_folder/64adp8e8_sac_625x300_25_June_24_vFT9cuHq1A_zwpny9l2ygicsshmb3dsl6kbjffiapcnoc6dmeadgykh2dcrddauyhadmxfv_p3Z9FZJoBz_zla4bngz4vmeglndbt59rwhvnj2k6v3d5uvmao9aeesrtobkddxtoc3ggsk7.webp)
प्रतिक्रिया