युरो कप २०२४ : रोमानियाले युक्रेनलाई  ३-० गोल अन्तरले हरायाे

युरो २०२४ मा रोमानियाले युक्रेनलाई  पराजित गरेकाे छ। सोमबार राति भएको समूह ‘ई’ अन्तर्गतको खेलमा रोमानिया ३-० गोलले जित हात पारेकाे हाे ।

खेलको २९ औँ मिनेटमा निकोलाई स्टानसिउले गोल गर्दै रोमानियालाई अग्रता दिलाए । दोस्रो हाफको ५३ औँ मिनेटमा राजभान मारिनले टोलीको अग्रता दोब्बर बनाए । ४ मिनेटपछि नै डेनिस ड्रागुसले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

यो समूहमा रोमानिया र युक्रेनसहित बेल्जियम र स्लोभाकिया रहेका छन् । ३ अंकसहित रोमानिया अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।