सन्दीप लामिछानेकाे टी–२० आई क्रिकेटमा १०० विकेट पूरा, १०० विकेट लिने पहिलो नेपाली बलर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/hp-sandeep-lamichhane-after-picking-up-his-third-fifer-in-odi-against-png-at-tu-1068x712jpg26thoxais_vrKWbzyGVo_9ynktkfupedo6kpgpysfwonnwezu5wvdoajixqwsscfxoxaarxeeoowg4v8m_jVPqusryUI_4hyvdwhwwzy9pzcrsrcupyax1nn0bsxjs3g7g3nmfmtwtmbcclqgxqeutgg7.jpg)
पाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् ।
योसँगै उनी टी–२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । साथै टी–२० मा १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर पनि बनेका हुन् ।
आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा दुई विकेट लिएसँगै लामिछाने छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका हुन् ।
उनले ५४ टी–२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ । उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए ।
१६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै लामिछानेले विकेट पूरा गरे । त्यस अगाडि उनले १४ ओभरको दोस्रो बलमा बंगलादेशका तन्जिम हसन साकिब आउट गरेका थिए ।
अघिल्लो खेलमा चुक्दा पहिलो बलर बन्नबाट लामिछाने चुकेका थिए ।
यस अगाडि पनि नेपाली स्पीनर लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनिसकेका छन् । उनले ४२ खेल खेलेर १०० विकेट पूरा गरेर कीर्तिमानी कायम राखेका थिए । लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका थिए ।
![फोर नेसन्स कपको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमले जोर्डनको सामना गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Women-Football-Team-Nepal_uiq4TL0R3t_aqumrmgh6ipojlyzr2xp0abgidpmdl8laviwubxbodzo64ivkh6rqfksz5da_7aSEebQVve_9htj9lznaybmmbd00btzsosvcjndws6vjrgrnibjjzlf0gvyhmabglncf1im.jpg)
फोर नेसन्स कपको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमले जोर्डनको सामन…
![कोपा अमेरिका २०२४ : चिलीलाई हराउदै अर्जेन्टिना नकआउट चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/GettyImages-2158512545_3uqu2toGSI_ezph40ks1svsozm6ft0rqef5t9b1xjntz1u4p7jh8azwqo5i6coigsre18hv_6EM9WZ4JHr_lsvdkqwnd6tr2psqbrh3y7iwypphhr9qf6tfoezuehjiozcgytuugmybqktw.jpg)
कोपा अमेरिका २०२४ : चिलीलाई हराउदै अर्जेन्टिना नकआउट चरणमा
![कोपा अमेरिका-२०२४ : क्यानडाले पेरुलाई १-० गोलअन्तरले हरायाे](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_Jnp4SkB59S_mfoc9meo5y2d06gjcovz4akfa1jlhipjiqu5keeq2ltu9mrbnvb3uskr42yx_8qExc18XNY_bkisjvtdd05eult93ecdwwzwsdryyvduilqeinzp0wsiz0wtkgpb37vylolw.jpeg)
कोपा अमेरिका-२०२४ : क्यानडाले पेरुलाई १-० गोलअन्तरले हरायाे
![टी- २० विश्वकप : सेमिफाइनलकाे पहिलो खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/EOc3TnL_2D0yJar4fg_jrhfqv0oerrvix5ucjfp3nmgjif2dffbehui7ih8qfyub0gfr4zptirvzodf_pvcPXwAblL_r6q9jrugheuy9n9dduqeepntw3ahlvwac979x6rvphdakzopbrzw2lkrwvi6.png)
टी- २० विश्वकप : सेमिफाइनलकाे पहिलो खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हु…
![महिला एशिया कप क्रिकेटकाे उद्घाटन खेलमा नेपाल र युएई खेल्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/nepali_women_cricket_team_GCEQAZsKDN_EDf5jl1zD9_9wyudqrarzgu5mgwkfoeavnlfembmynihysidx36vqsasxodjvbeblhmbf8p_W9Z9TwGaGn_ldoy73orn0gm3xmwqqy7h4sa6xxxmxbznggy8veavuxis8ivx9haxgzvpzak.jpg)
महिला एशिया कप क्रिकेटकाे उद्घाटन खेलमा नेपाल र युएई खेल्ने
![युरोकप २०२४ : इंग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/football-england-team_nTvmMgG1Us_ztfcema0kqjuiwrd1ndr2feyq0rxp2noc1jwejuorsmjltuaigstrrog5bth_qFxj0zvRF3_4wq6l1d06yvgc4mzvcrhscaiyiqgreoddils3yckzaixw7eu8yuqywnjitr5.jpg)
युरोकप २०२४ : इंग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश
![अफगानिस्तान सेमिफाइनलमा, के भने रशिद खानले ?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-25_21-04-56-689_gB5JwevA2n_i8hrijlzml9spjbi79pje5uo2ypdhbloieofw7ghgrpierrvo3cqjsyumucm_l4PuIwoBSg_jvr3msca8hnfgksjsmqehlvuh2vk1n1hrokhd9pwp8m7ormz0kgou3kmuz61.jpg)
अफगानिस्तान सेमिफाइनलमा, के भने रशिद खानले ?
![युरोकप २०२४ : फ्रान्स र पोल्याण्डले अंक बाडे](https://snowberry.prixacdn.net/media/gallery_folder/64adp8e8_sac_625x300_25_June_24_vFT9cuHq1A_zwpny9l2ygicsshmb3dsl6kbjffiapcnoc6dmeadgykh2dcrddauyhadmxfv_dgGvgJjpcN_vfc6jdtcupqfkcaxek5hdhdkd4g4d0vqt0qbxgsxfsp4qixe16q1wo2de45d.webp)
प्रतिक्रिया