टी-२० विश्वकप : बंगलादेशसगं नेपाल २१ रनले पराजित,विश्वकपबाट घर फर्कियो नेपाल

आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो।

नेपालका लागि कुशल मल्ल २७, दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

सोमबार बिहान किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो।

नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको बंगलादेशका सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३/१३ रन जोडे । नेपालको कसिलो बलिङविरुद्ध अरु कुनै पनि बंगलादेशी ब्याट्सम्यानले दोरोहो रन जोड्न सकेनन् ।

नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट हात पारे। नेपालले बंगलादेशका दुई ब्याट्सम्यानलाई रनआउट गरेको थियो।

यो हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ। बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।