टी२० विश्वकप : बंगलादेशले दियो १०७ रनको लक्ष्य

 नेपालले आइसीसी टी२० विश्वकपमा बंगलादेशबाट १०७रनको लक्ष्य पाएको छ।

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध सानदार बलिङ प्रदर्शन गर्यो। नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमा अलआउट गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलनदेशले नेपाली बलर सामू खेलेर खेल्न सकेन। बंगलादेशका लागि साकिब अल हसनले २२ बलमा १७ तथा जाकर अलिले १२ रन बनाए। महमदुल्लाहले १३ रन बनाउँदा ओपनर लिन्टन दासले १० रन बनाए।

नेपालका लागि सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिए।

यसै खेलमा नेपालका सन्दीप लामिछानेले टी२० आईमा १ सय विकेट पूरा गरेका छन्।