बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीको मुद्दामा एक अभियुक्तलाई पक्राउ

मुम्बई प्रहरीले बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्कीको मुद्दामा एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

सलमान खानविरुद्ध मुम्बई साउथ साइबर पुलिस स्टेशनमा उनको मृत्युको षड्यन्त्र गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ। केही दिनअघि लरेन्स बिश्नोई गिरोहका एक व्यक्तिले सामाजिक सञ्जाल युट्युबमा भिडियो अपलोड गरेका थिए । कथित भिडियोमा सलमान खानलाई मार्ने कुरा भएको आरोप लागेको छ ।

साइबर पुलिसले सलमान खानलाई मार्ने धम्की दिएको मामिलामा आईटी ऐन ६६ (डी) र ५०६ (२), ५०४, ३४ आईपीसी अन्तर्गत एफआईआर दर्ता गरेको हाे । घटनाको अनुसन्धान गर्न क्राइम ब्रान्चको टोली राजस्थान गएको थियो । यस घटनामा प्रहरीले राजस्थानका बनवारीलाल गुर्जर (२५) नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । उनलाई दिउँसो मुम्बई लगिएकाे छ ।

अप्रिल १४, २०२४ मा पनि सलमान खानमाथि घातक हमला गर्ने प्रयास गरिएको थियो। अभिनेताको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएर दुई बाइकर भागेका थिए । प्रहरीले गोली चलाउने दुवैलाई भोलिपल्टै गुजरातबाट पक्राउ गरेको थियो । पछि प्रहरीले यस मुद्दामा अर्का अभियुक्त अनुज थापानलाई पनि पक्राउ गरे पनि केही दिनपछि उनले जेलमै आत्महत्या गरे । प्रहरीले यस विषयमा अझै अनुसन्धान गरिरहेको छ ।

वर्कफ्रन्टको कुरा गर्दा सलमान खान पछिल्लो पटक फिल्म टाइगर ३ मा देखिएका थिए । उनको यो फिल्म गत वर्ष दीपावलीको अवसरमा रिलिज भएको थियो । अहिले अभिनेता आफ्नो आगामी फिल्म सिकन्दरको सुटिङमा व्यस्त छन् । एक आर. मुर्गादोसको निर्देशनमा बन्न लागेको यो फिल्ममा रश्मिका मन्डन्ना र करीना कपूर खान पनि देखिनेछन् ।

क्यानाडामा सन् २०७३ सम्ममा आठ करोड ७० लाख बासिन्दा हुने अनुमान

क्यानाडामा सन् २०७३ सम्ममा आठ करोड ७० लाख बासिन्दा हुने अनुमान

गाजामा चलिरहेको युद्धमा दैनिक १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको छ :  राष्ट्रसङ्घीय प्रमुख

गाजामा चलिरहेको युद्धमा दैनिक १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइर…

पूर्वरुसी प्रधानमन्त्री शोइगु र सेना प्रमुख गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वरुसी प्रधानमन्त्री शोइगु र सेना प्रमुख गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी

सोनी म्युजिक, युनिभर्सल म्युजिक ग्रुप र वार्नर रेकर्डसले कृत्रिम बुद्धिमत्ता कम्पनीहरू सुनो र यूडियोमाथि मुद्दा दायर

सोनी म्युजिक, युनिभर्सल म्युजिक ग्रुप र वार्नर रेकर्डसले कृत्रिम बुद्धिमत्ता कम्पन…

भारतको राजधानीमा आगलागी हुँदा एकै परिवारका चार जनाकाे मृत्यु

भारतको राजधानीमा आगलागी हुँदा एकै परिवारका चार जनाकाे मृत्यु

दिल्लीका मुख्यमन्त्री केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले गरिदियो खारेज

दिल्लीका मुख्यमन्त्री केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले गरिदियो खारेज

भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरेका व्यक्तिको छोरा सांसद

भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरेका व्यक्तिको छोरा सांसद

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासका बीच इजरायलद्वारा गाजामा बम प्रहार

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासका बीच इजरायलद्वारा गाजामा बम प्रहार